आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका चार ठाउँमा ट्राफिकको ‘यात्रु सहायता कक्ष’ संचालन

बागलुङका चार ठाउँमा ट्राफिकको ‘यात्रु सहायता कक्ष’ संचालन

चाडपर्वमा यात्रा गर्ने यात्रुहरु ठगीमा नपरुन, अनेक प्रकारका दुःख कष्ठ नपरोस् र अलपत्र परेको भए गन्तव्यमा लैजान सकियोस् भन्दै यात्रु सहायता कक्ष संचालनमा ल्याइएको ट्राफिक प्रहरी प्रमुख मिनबहादुर कुँवरले बताए ।


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८२, मंगलबार

बागलुङ/‘हरप्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ ट्राफिक प्रहरी कार्यालय बागलुङले सोमबारदेखि यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ ।

चाडपर्वमा यात्रा गर्ने यात्रुहरु ठगीमा नपरुन, अनेक प्रकारका दुःख कष्ठ नपरोस् र अलपत्र परेको भए गन्तव्यमा लैजान सकियोस् भन्दै यात्रु सहायता कक्ष संचालनमा ल्याइएको ट्राफिक प्रहरी प्रमुख मिनबहादुर कुँवरले बताए ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले उक्त कक्षको उद्घाटन गरे । कार्यक्रममा गुरुङले चाडपर्वमा हुने सबैखाले घटना न्युनिकरणमा प्रहरी, प्रशासन र नागरिकको साझा कर्तव्य पुरा गर्नुपर्ने बताए । त्यसका लागि प्रहरी प्रशासनले सहजीकरण गर्ने उनको धारणा थियो । चाडपर्वको अवसरमा शुभकामना दिंदै गुरुङले यो समयमा यात्रा गर्दा सोच विचार गर्ने, सुरक्षित यात्रा गर्ने, सेवाप्रदायक संस्थाले यात्रीको हितलाई ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख कुँवरले यात्रु सहायता कक्षको आवस्यकता र औचित्यबारे प्रकाश पारेका थिए । कुँवरले जिल्लाको प्रवेशद्वारको रुपमा मालढुंगा, बजारको ट्रफिक चोक, गलकोटको हटिया र बुर्तिवाङमा पनि यात्रु सहायता कक्ष संचालनमा ल्याएको बताए । साथै, ती स्थानमा जिल्लाभित्र, जिल्लादेखि विभिन्न स्थान र राजधानीसम्म जाने सवारी साधनको भाडादरबारे पनि जानकरी गराइने छ ।

दशै, तिहार र छठ पर्वसम्म यात्रु सहायता कक्ष नियमित संचालन हुनेछ । साथै, यात्राको क्रममा अन्यत्र भएका घटना तथा समस्याबारे पनि प्रहरीमा जानकारी गराउन उनले आग्रह गरेका छन् । सोमबार मालढुंगाबाट छुटेका सवारी साधनका चालकलाई खादा लगाएर स्वागत तथा बिदाइ गर्दै प्रजिअ गुरुङले सहायता कक्षको जानकारी गराए । उनले चालकहरु सचेत भएमा सयौं यात्रु सुरक्षित बन्ने पनि बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->