आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाली विशेषताको समाजवादी संघीयता : नेकपा

नेपाली विशेषताको समाजवादी संघीयता : नेकपा


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८२, मंगलबार

बागलुङ/विप्लब नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले अबको आवस्यकता नेपाली विशेषतासहितको समाजवादी संघीयता चाहिएको बताएको छ । उक्त दलले सर्वपक्षीय सरकार, पूर्ण समानुपातिक निर्वाचन, श्रमिक,युवा, जेनजीसहितको मध्यमवर्गीय नागरिकको प्रतिनिधित्वमा सरकार बन्नुपर्ने बताएको हो ।

जेनजी आन्दोलनपछि ती आवस्यकता टड्कारो भएर आएको नेकपाका केन्द्रीय पोलिटब्यूरो सदस्य टेकबहादुर केसी ‘आजाद’ले बताए । उनको प्रस्तावमाथि जिल्लाका राजनीतिक अगुवा तथा सरोकारवालाले भने संविधानको आवश्यकता, संविधानको सही कार्यान्वयन सहित बहुदलीय व्यवस्था र बहुलवादको पहिचान भने निरन्तर रहनुपर्ने औंल्याए ।

गैर राजनीतिक व्यक्तिबाट राज्य सत्ता संचालनमा समस्या हुने उनीहरुको भनाइ छ । वर्तमानको आवश्यकता अनुसार अन्तरिक सरकार गठन भएपनि राजनीतिक दलहरुको एकता र शुद्दिकरण आवश्यकता रहेको बताए । जेनजी आन्दोलनले सुशासनको व्यवस्था, भ्रष्टाचारको अन्त्य, देशभित्रै रोजगारी र युवाको सुरक्षित भविष्यको माग गरेको थियो ।

तर, यो आन्दोलनपछि विकसित भएको घटनाक्रमलाई सही ढंगले व्याख्या गर्नुपर्नेसमेत उनीहरुको भनाइ छ । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा भएको जेनजी विद्रोह, वर्तमान परिस्थिति र विकास विषयक अन्तरक्रियामा सरोकारवालाले निर्वाचन पद्दती र शासकीय व्यवस्था परिवर्तन गरेर मात्र देशको विकास नहुने तर सुशासनको एजेण्डा प्रमुख हुनुपर्ने बताए ।

आयोजकको तर्फबाट केसीले देशमा भ्रष्टाचार बढेको, दलालीकरण भएको,तस्करी मौलाएको, राष्ट्रघात भएको र आइएनजिओमार्फत् देशमा चलखेल भएकोले यो अवस्था आएको बताए । कार्यक्रममा उनले पार्टीको अवधारणा पनि पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->