बागलुङ/भदौ २१ गते ताराखोलामा बेपत्ता भएका युवाको शव भेटिएको छ । गलकोट नगरपालिका वडा नंं ६ मा उनको शव भेटिएको प्रहरीले बतायो ।
भदौ २१ ग्ते ताराखोलाबाट गलकोट जानेक्रममा मोटरसाइकलमा सवार ताराखोला गाउँपालिका २ का २३ बर्षिय भीमबहादुर घर्ती बेपत्ता भएका थिए । उनी मोटरसाइकल दुर्घटनामा खोलामा खसेको आशंका पछि खोजी भैरहेको थियो ।
ताराखोला गाउँपालिका १ को गाईघाट झरना नजिकै उनको चप्पल भेटिएपछि खोलामा उनको खोजी भैरहेकोमा तीन सातापछि मात्र उनको शव भेटिएको हो । खोजी अभियानमा आफन्त सहित प्रहरी, सशष्त्र र जनप्रतिनिधिलेपनि साथ दिएका थिए । सोमबार दिउसो शव भेटिएपछि पोष्ट मार्टमकालागि गलकोट नगर अस्पताल पठाइएको हो ।
स्थानीय संजिव बिकले दरमखोलामा माछा मार्ने क्रममा शव देखेपछि प्रहरीमा खबर गरेका थिए । उनको शव पोष्टमार्टम पछि परिवारलाई दिइने प्रहरीले बताएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान पनि गर्ने जनाएको छ ।





