शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रेस युनियनको चियापान र शुभकामना कार्यक्रम

प्रेस युनियनको चियापान र शुभकामना कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८२, बुधबार

बागलुङ/नेपाल प्रेस युनियन बागलुङले बडादशै, दिपावली, नेपाल सम्बत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय समितिको अभियानलाई जिल्ला तहमा कार्यान्वयनमा ल्याइएको हो ।

उक्त अवसरमा सहभागीले चाडपर्वको शुभकामना दिनुको साथै देशमा बढेको अस्थिरता, अन्यौल र भयको स्थिति अन्त्य गर्न पनि प्रेस जगतले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । साथै, देश र लोकतन्त्र बचाउने अभियानमा पत्रकारिताले मिसन अभियान चलाउनुपर्ने समेत सहभागिले बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समितिका सदस्य जगन्नाथ आचार्यले आसुरी शक्तीमाथि दैवी शक्तीको विजयको रुपमा दशैं मानिने भएकोले यो पर्वले देशको राजनीतिमा सकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना गर्न सबैको कलम चल्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, बागलुङ नगरपालिका वडा नं. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, प्रेस युनियनका केन्द्रीय सदस्य प्रदिप पन्त, नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता, सचिव डम्मर बुढामगरको संचालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->