सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

संकटलाई छिटो निकास दिन नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्वसमक्ष माग

संकटलाई छिटो निकास दिन नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्वसमक्ष माग


  • ढाेरपाटन संवाददाता
  • असोज ८ २०८२, बुधबार

पोखरा/  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जेन जी आन्दोलनबाट उत्पन्न राष्ट्रिय संकटबाट देशलाई र पार्टीलाईसमेत बचाउन नेतृत्वले छिटो अहम भूमीका खेल्न नेतृत्वसमक्ष माग गरेको छ । मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अन्तरिम सरकार, संसद विघटन, निर्वाचन मितिको घोषणा, धनजनको क्षति, जेनजीले उठाएका माग र संविधानको संशोधनका बारेमा पार्टीले भूमिका निर्वाह गर्नुपर्ने जनाएको हो ।

देश जलेको विषम परिस्थितिमा कुनैपनि बहानामा समय खेर फाल्न नहुने उसले भनेको छ । ‘राष्ट्रिय संकटबाट देश, संविधान र पार्टीलाई बचाउन कांग्रेसले अवलम्बन गर्ने अबको बाटोको बारेमा पार्टीका कार्यकर्ता, अन्य पार्टी र नागरिकहरुले पर्खीरहेको अवस्था छ’, गण्डकी कांग्रेसले भनेको छ, ‘यस विषम परिस्थितिमा राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका बारेमा पनि यथासिघ्र निर्णय लिनुपर्छ ।’ पार्टी पदाधिकारीको वैठक, केन्द्रीय कार्य सम्पादन समितिको वैठक, केन्द्रीय कार्यसमितिको वैठक, महासमितिको वैठक, विशेष महाधिवेशन वा १५ औं अधिवेशन मध्ये कुन सहज हुन्छ, त्यसै निकायबाट यथासिघ्र निर्णय लिई आजको निकास दिनुपर्ने निर्णय गरिएको छ ।

बैठकले नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेताहरुप्रति गरिएको सांधातिक आक्रमको भत्र्सना गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै जेनजीले उठाएका जायज मागलाई आत्मासाथ गर्दै आपसी सद्भाव र पार्टीहरु विच छलफल र समन्वय गर्ने, पार्टीका कार्यकर्ता तथा नागरिकहरुलाई यस विषम परिस्थितिमा विचलित नहुन र संयमित रहदै आफ्नो कर्तव्य कर्ममा निरन्तरता दिन अनुरोध गर्ने निर्णय गरेको छ । यसैगरी जेन जी को आन्दोलनका क्रममा सहादत्त प्राप्त गर्ने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र आन्दोलनमा सहादत प्राप्त गर्नेहरुका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै आन्दोलनमा घाइते हुने सबैको सिघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ । जेनजी आन्दोलनको नाउमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यायिक छानविन हुनुपर्ने निर्णयसमेत उसले गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->