पोखरा/पोखरामा विहिबार छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २ विन्ध्यवासिनी मन्दिर नजिक र पोखरा १७ छोरेपाटनमा सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार विन्ध्यवासिनी क्षेत्रमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । सासु र बुहारी सवार स्कुटरमा च्यांग्रा बोकेको सानो गाडीले ठक्कर दिँदा सासुको घटनास्थलमै ज्यान गएको छ भने घाइते भएकी बुहारीको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै अपरान्ह छोरेपाटन क्षेत्रमा भएको अर्काे दु्र्घटनामा पनि १ जनाको मृत्यु भएको हो ।दुर्घटनाका दोषिलाई नियन्त्रणमा लिइसकेको बताउँदै मृतक, घाइतेको पूर्ण विवरण लिने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।





