लमजुङ/ लमजुङ र मनाङको सिमानास्थित ५३ सय मिटर उचाइँमा रहेको दूधपोखरी कुण्डमा साउन २४ गतेदेखि अराएका किशोरको शव फेला परेको छ । जनैपूर्णिमाको दिन कुण्डमा पौडी खेल्ने क्रममा लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ हराएका थिए । उनको शव गोताखोरसहित सशस्त्र प्रहरी टोलीले फेला पारेको हो ।
गाउँदेखि हिँडेर २ दिन लाग्ने दूधपोखरीमा नुहाउने जात्रामा साथीहरुसँगै गएका गुरुङ पौडी खेल्ने क्रममा केही पर पुगेका थिए । उनीसहित ९ जना साथीहरु दूधपोखरी नुहाउने जात्रामा गएका थिए । हराएका उनको खोजीमा स्थानीय र प्रहरी संलग्न भए पनि भेटिएका थिएनन् ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँपालिकाले व्यवस्थापन गरी शुक्रबार पोखराबाट एयर डाइनेस्टीको हेलिकोप्टरमा गोताखोरसहित ४ जना सशस्त्र प्रहरी पठाइएको रे उक्त टोलीले कुण्डबाट गुरुङको शव फेला पारी उद्धार गरेको हो । शवलाई मृतकका दाइ रेकबहादुर गुरुङले सनाखत गरेपछि कानुनी प्रक्रिया पूरा गरेर उक्त ठाउँबाट केही पर गाडिएको छ । गोताखोरसहित पुगेको टोली हेलिकोप्टरमार्फत शनिबार पोखरा फर्किएको छ । ‘जिल्ला सुरक्षा समितिको बैठकमार्फत शव खोजीका लागि गोताखोरसहित हेलिकप्टरमा सशस्त्र प्रहरी पठाउने र यसको व्यवस्थापन क्व्होलासोथार गाउँपालिकाले गर्ने निर्णय भएको थियो ।





