सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले कास्की प्रशासन मार्फत फिर्ता गरे आफूले चढ्दै आएको गाडी

राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले कास्की प्रशासन मार्फत फिर्ता गरे आफूले चढ्दै आएको गाडी

तिमिल्सिना ६ वर्षे कार्यकाल सकाएर २०८० फागुन २० गते बिदा भएका थिए ।


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८२, शनिबार

पोखरा / राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले चढ्दै आएको संसद् सचिवालयको गाडी फिर्ता गरेका छन् । सरकारले पूर्व पदाधिकारीसँग भएका सवारी लगायत अन्य सुविधा फिर्ता गर्न भनेपछि तिमिल्सिनाले आफूले चढ्दै आएको बा सी ३७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्की मार्फत फिर्ता गरेका हुन् ।

उनले राष्ट्रिय सभाको पूर्व अध्यक्षको हैसियतले संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेको जानकारी दिएका हुन् । अध्यक्ष तिमिल्सिनाको कार्यकाल २० फागुन २०८० मा सकिएको थियो । २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमिल्सना सोही वर्ष राष्ट्रिय सभाको अध्यक्ष भएका थिए । ६ वर्षे कार्यकाल सकाएर २०८० फागुन २० गते बिदा भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->