सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी, अध्यक्ष आफैं, दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

हर्क साम्पाङले खोले श्रम संस्कृति पार्टी, अध्यक्ष आफैं, दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८२, आइतबार

काठमाडौं / धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले असोज ७ गते नै आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।

निर्वाचन आयोग स्रोतका अनुसार साम्पाङले दल दर्तााका लागि निवेदन दिएको र पार्टीको नाम राष्ट्रिय श्रम संस्कृति पार्टी रहेको छ । अध्यक्ष साम्पाङ आफै रहेका छन् । ‘दल दर्ताका लागि निवेदन आए पनि अध्ययनकै क्रममा छ, दसैँ बिदालगत्तै उक्त निवेदनबारे अध्ययन गरेर दर्ता प्रक्रिया अघि बढाइनेछ’ स्रोतले भन्यो। धरानको खानेपानी मुद्दामा संघर्ष गरेका साम्पाङ सोही मुद्दाका कारण स्वतन्त्र रुपमा मेयर पद जितेका थिए। मेयर भएपछि उनले धरानमा श्रमदान गरी पानीको व्यवस्थापन गरेका छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->