सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत होस्ः प्रदेश प्रमुख भट्ट

राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत होस्ः प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८२, सोमबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैं २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै चाडपर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख भट्टले एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘बडादशैंले हामी सबैमा राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साह, उमङ्गसहित सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी दिगो शान्ति, नागरिकको सुरक्षा, अमनचयन, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्नेछ भन्ने विश्वास लिएको छु ।’

बडादशैंले नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने अपेक्षा पनि उनले व्यक्त गरेका छन् । मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्न बडादशैंको विशेष महत्व रहेको उनले व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->