आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

वडा भवनसँगै गलकोटमा ठूला पुर्वाधार निर्माण

वडा भवनसँगै गलकोटमा ठूला पुर्वाधार निर्माण

सहर उन्मुख गलकोटलाई व्यवस्थित बनाउने, पूर्वाधारमा अब्बल र सहरी शासकीय क्षमता बिकास गर्न आयोजना संचालनमा गरिएको थियो ।


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८२, सोमबार

बागलुङ/गलकोट नगरपालिका वडा नंं ३ को आफ्नै भवन बनेको छ । यस अघि अन्य वडाहरु बनिसकेकोमा हटिया बजारमा वडा नंं ३ को भवन बनेको हो । यो भवन बनेपछि भाडाको घर छाडेर वडा कार्यालय आफ्नै घरमा सर्ने तयारीमा छ ।

वडा अध्यक्ष फमबहादुर खत्रीले भवन बनिसकेको, भित्री डेकोरेसन भैरहेकोले केही समयमै वडा सर्ने बताए । झण्डै २ करोड लागतमा यो भवन बनेको हो । सहरी शासकीय क्षमता बिकास कार्यक्रम मार्फत ‘सघन सहरी तथा भवन निर्माण आयोजना’ले यो भवन बनाएको हो । आयोजनाले नगरपालिका भित्र झण्डै १० करोडको वृहत कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम अन्र्तगत वडा भवन पनि बनेको हो ।

गत आर्थिकबर्षदेखि शुरु भएका एक दर्जन बिकास आयोजना मध्ये ठूलो रकमको वडा भवन समेत बनेको हो । त्यस बाहेक सडक र आयआर्जनका कार्यक्रम समेत यहाँ संचालन भएका छन् । गत आर्थिक बर्ष निर्माण शुरु भएको भवन असोज पहिलो साता नै पुरा भएको हो । दशै पछि वडा कार्यालय सर्ने तयारी समेत छ । डेढबर्षमा गलकोटमा आयोजना मार्फत एक दर्जन बिकासका योजना सम्पन्न भएका छन् । ‘सघन सहरी बिकास आयोजना’ मार्फत गलकोट नगरपालिका वडा नंं ३ को भवन, वडा नंं १ मा जाने सडक, वडान ं. २ मा सार्वजनिक शौचालय, वडा नं ३ कै कोतघर जाने सडक तथा वडा नंं ५ को बजारी सडक स्तरीय बनाइएको वडा नंं ३ का अध्यक्ष फमबहादुर खत्रीले बताए ।

सहर उन्मुख गलकोटलाई व्यवस्थित बनाउने, पूर्वाधारमा अब्बल र सहरी शासकीय क्षमता बिकास गर्न आयोजना संचालनमा गरिएको थियो । यो आयोजना अन्र्तगत नगरको बिकासलाई व्यवस्थित बनाउने, बिकासले प्रभाव पारेका स्थानीयलाइ आयआर्जनमा जोड्ने, नगरको आफ्नै शासकीय क्षमता बढाएर चुस्त बनाउने लक्ष्य समेत छ । सघन सहरी तथा भवन डिभिजन आयोजनाको साझेदारीमा नगरपालिकाले ती सबै काम गरिरहेको हो ।

वडा नंं १ र २ जोड्ने सडकलाई व्यवस्थित र चौडा बनाइ सवारी संचालनमा ल्याउँदा स्थानीयले राहत पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । गलकोटका वडा कार्यालय जोड्ने सबै सडक कालोपत्रे गर्ने समेत नगरको लक्ष्य छ । त्यस बाहेक कोतघर जाने सडक कालोपत्रे तयारी छ । सहरी शासकीय क्षमता बिकासकालागि २ करोड लागतमा वडा नंं ३ को भवन निर्माण गरिएको हो । स्थानीयको आयआर्जनका लागि कृषि फर्म बिस्तार, बजारीकरण र उत्पादन क्षमता बढाउने काम संचालनमा आएका छन् ।

पूर्वाधार तर्फका धेरै काम समपन्न भएको बागेश्वरी निर्माण कंपनीका प्रतिनिधि सन्तोष तामाङले बताए । चालु बर्षको फागुन सम्म सबै पुर्वाधार सक्ने लक्ष्य उनले सुनाए । वडा नंं २ नरेठा“टी देखि वडा नंं १ को दुदिलाभाटी जोड्ने सडक बन्दा किसानको कृषि फसलले सहजै बजार पाउन सकेको जनप्रतिनिधिले बताए । ‘अप्ठ्यारो सडकले तरकारी ढुवानीमा पनि समस्या थियो, अब सहज भएको छं’ गलकोट नगरपालिका वडा नंं २ का अध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘यो सडक स्तरीय बन्दा छिमेकी बरेङ गाउ“पालिका पुग्न पनि सहज बनेको छ ।’ यो सडक बनिसक्दा वडा नंं १ को दुदिलाभाटी, भण्डारवन लगायतका बासिन्दाले सहजै मुकाम आउन पाउनेछन् ।

यो क्षेत्रमा बाख्रँपालन, तरकारी खेती, दूध लगायतका कृषि फसल उत्पादन हुने गरेका छन् । सडक अप्ठ्यारो भएकोले समयमा बजार पु¥याउन नपाएका किसान यो सडक बनेपछि खुसी छन् । ‘हामीले सजिलै बजारमा तरकारी पठाउन पाउने भयौं’ स्थानीय लालबहादुर खत्रीले भने, ‘आबस्यकताको आधारमा काम गर्दा प्रतिफल राम्रो पाइन्छ ।’ कोतघर जाने सडकले पनि पर्यटक भित्राउन सहज भएको स्थानीय झहरसिंह खत्रीले जानकारी दिए ।

सघन सहरी बिकास तथा भवन निर्माण आयोजनाले यो कार्यक्रमको प्रत्यक्ष निर्माण गरेको हो । गलकोटलाई सहरी क्षेत्रको रुपमा बिकास गर्दै व्यवस्थित सडक, ढल निकास, शासकीय क्षमता बिकास गर्ने लक्ष्यले यो काम शुरु भएको आयोजनाका प्रमुख कृष्णकुमार मर्हजनले बताए । ‘यो एउटा नमूना आयोजना हो, यसको सफलतापछि अन्य काममा पनि साथ दिन्छौं’ महर्जनले भने, ‘बिज्ञ कार्यालय भएकोले पालिका तहको बिकासमा साथ दिएका हौं ।’ गलकोटमा भवन निर्माण संहिता पालना गराउने, सडक मापदण्डलाई कायम गरेर भवन निर्माणको नक्सँपास गराउन पहल गर्ने लगायतको काममा आयोजनाले साथ दिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->