सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

तुइन खोलामा फेरी पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

तुइन खोलामा फेरी पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८२, मंगलबार

चितवन / मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । मंगलबार साँझ साढे ७ बजे तुइन खोला पुलनजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

लेदोसहितको पहिरोले गर्दा दुईतर्फी यातायात सञ्चालनमा बाधा पुगेको छ । सडक डिभिजन भरतपुरका अनुसार, अवरोध हटाउनका लागि आवश्यक मेसिन पहिरो खसेको स्थानतर्फ पठाइसकिएको छ । सडक खुलाउन कति समय लाग्छ भन्नेबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->