सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन २० गतेसम्मका लागि बन्द

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन २० गतेसम्मका लागि बन्द


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८२, शनिबार

पोखरा/ निरन्तर वर्षा भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज शनिबारदेखि ३ दिनसम्मका लागि लामो दूरीका, काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

शनिबार बिहान अत्यन्त जरुरी सूचना जारी गरी प्राधिकरणले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावतमा रोक लगाएको हो । प्राधिकरणको सूचना अनुसार लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने बाहिरिने सवारीसाधन चलाउन रोक लगाइएका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरू रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट प्राप्त गर्नु हुनसमेत सूचित गरिन्छ भन्ने उल्लेख छ ।

प्राधिकरणको सूचना यस्तो छ ।

लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिनेरबाहिरिने सवारीसाधन आवतजावत बन्द गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यही असोज १८ं२० गतेसम्म पूर्वमा कोसी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिनेरबाहिरिने सवारीसाधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ।

उक्त अवधिमा यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिनेरबाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ।

लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिनेरबाहिरिने सवारीसाधन चलाउन रोक लगाइएका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरू रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट प्राप्त गर्नु हुन समेत सूचित गरिन्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->