सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

लमजुङमा सबै सवारी आवतजावत बन्द

लमजुङमा सबै सवारी आवतजावत बन्द


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८२, शनिबार

पोखरा/ जिल्ला प्रशासन कार्यालय लमजुङले सबैखाले सवारी आवतजावत बन्द गरेको छ । भारी वर्षा हुने संभावना रहेको भन्दै कार्यालयले सूचना निकालेर कुनै पनि सवारी नचलाउन आग्रह गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशभर सवारी साधनको आवातजावत बन्द गर्न अपिल गरेको थियो । लमजुङ जिल्ला बाहिरका विभिन्न ठाउँबाट जिल्ला भित्रिने र बाहिरिने यात्रुवाहक सवारी साधन आवातजावत रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->