सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

कास्की प्रशासनद्वारा आजदेखि २० गतेसम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक

कास्की प्रशासनद्वारा आजदेखि २० गतेसम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८२, शनिबार

पोखरा/  जिल्ला प्रशासन कार्यालय कास्कीले लामो दुरीका सवारी साधनको आवतजावतमा पूर्णरुपमा रोक लगाएको छ । आजदेखि असोज २० गतेसम्म मुलुकभर मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै कास्की प्रशासनले यो कदम चालेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार अत्यन्त जरुरी सूचना जारी गरी नागरिकलाई सतर्क रहन र घरमै सुरक्षित बस्न आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार असोज १८ देखि २० गतेसम्म देशभर वर्षा हुने र गण्डकी प्रदेशका विभिन्न भूभागमा बाढी, पहिरो र डुबानको जोखिम रहने अनुमान गरिएको छ । सोही पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्की हुँदै काठमाडौं, लुम्बिनी, मधेश प्रदेशतर्फ जाने सबै लामो दूरीका सवारी साधन अस्थायी रूपमा बन्द गरिएको प्रशासनले जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा भनिएको छ, ‘सर्वसाधारणको ज्यान र सुरक्षालाई ध्यानमा राख्दै असोज १८ देखि २० गतेसम्म कास्की हुँदै अन्य प्रदेशतर्फ जाने र काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सबै लामो दूरीका सवारी साधनको आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->