सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बागलुङबाट सवारीसाधन नछुटाइने

बागलुङबाट सवारीसाधन नछुटाइने


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८२, शनिबार

बागलुङ/ जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सतर्कता अपनाउदै बागलुङबाट छुट्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जिल्लाबाट छुट्ने सवै सवारीसधान नछुटाउने निर्णय भएको बताअ । बागलुङबाट बाहिरिने यातयातका साधनलाई तत्कालका लागि रोक लगाइएको र सुरक्षा समितिको बैठक बस्ने तयारी थालिएको प्रजिअ गुरुङले जानकारी दिए।

जिल्लामा बाहिरिने बागलुङ–काठमाण्डौ, बागलुङ–पोखरा–नारायणगढ, बुटवल जस्ता लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । उनले बागलुङ जिल्लाको कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र ढोरपाटन सालझण्डी जस्ता मुख्य राजमार्ग भएर छुट्ने सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको छ । उनले २० गते सम्म मौसमको अवस्था हेरेर मात्रै सवारीसाधन छुटाउन सक्ने बताउदै सकभर यात्रामा नहिड्न आग्रह गरे । बागलुङको मुख्य नाका मालढुङ्गामा आज साँझ देखिनै सावारीसाधन बाहिरिन रोक लगाइने छ।

राजमार्गमा दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी भने सञ्चालन हुने छन् । वर्षाको मात्रा, क्षति वा अन्य जोखिमको अवस्था अनुसार सुरक्षा निकायले अन्य समयमा पनि आकस्मिक रूपमा राजमार्ग पूर्ण बन्द गर्न सक्ने छ । जिल्लाभित्र सडक अवरुद्ध भएमा तत्कालै सडक डिभिजन कार्यालय बागलुङ, पूर्वाधार कार्यालय, स्थानीय तह तथा निर्माण व्यवसायीसंग समन्य गरेर हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्न निर्देनश गरेको प्रजिअ गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->