सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा

डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८२, आइतबार
फाइल तस्वीर

लमजुङ/  बाढीपहिरोको जोखिमका कारण सोमबारसम्मका लागि बन्द गरिएको ३ जिल्ला जोड्ने डुम्रे–बेंसीसहर–चामे सडक आइतबारदेखि सञ्चालनमा आएको छ । मनाङ र लमजुङ प्रशासनले शनिवार उक्त सडकमा सवारी चलाउन रोक लगाएका थिए ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामेसम्मको सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएसँगै सवारी साधन आवातजावत हुन थालेका छन् । लामो दुरीका लागि बेंसीसहरबाट काठमाडौं, चितवन, पोखरातर्फ सवारी साधन यात्रु बोकेर आवतजावत भइरहेको लमजुङ जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहराले बताए ।

उनका अनुसार बेंसीसहरबाट काठमाडौं, चितवन, पोखराका लागि डुम्रेतर्फ र मनाङका लागि चामेतर्फ सवारी निर्वाध रुपमा सञ्चालन भइरहेको छ । भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले शनिबार सार्वजनिक सूचना जारी गरी असोज १८, १९ र २० गतेसम्म जिल्ला भित्रने र बाहिरिने सवारी साधनको आवतजावत बन्द गरेको थियो । डिएसपी बोहराले काठमाडौं, चितवन, पोखराबाट सवारी साधन लमजुङ भित्रिएको र लमजुङबाट पनि त्यसतर्फ गएको बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मनाङबाट लमजुङतर्फ र लमजुङबाट मनाङ सवारी आवागमन सुरु भएको बताए ।उनले दिउँसोको लागि सवारी आवागमन भए पनि रातको समय रोक लगाउने यसअघिको निर्णय कायमै रहेको बताए । ‘दिउँसो बाढी पहिरोको डर खासै भएन, मौसम राम्रो हुँदै गयो । रातको समय साँघुरो सडक, चिप्लो सडकमा समस्या हुन सक्छ, माथिबाट ढुंगा खस्न सक्छ, त्यसैले अहिले रातको समय सडक खोल्दैनौं’ उनले भने । काठमाडौं, पोखरा र चितवनतर्फका सवारी साधनहरु शनिबार चलेका थिएनन् । आइतबार विहानदेखि काठमाडौं, पोखरा र चितवनतर्फ सवारी साधनहरु यात्रु बोकेर गुड्न थालेको र उक्त ठाउ“बाट पनि लमजुङतर्फ सवारी साधन चल्न थालेको व्यवसायीहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->