सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जेनजी मुभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुख प्रेम राईको राजीनामा माग

जेनजी मुभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुख प्रेम राईको राजीनामा माग


  • ढाेरपाटन संवाददाता
  • असोज २० २०८२, सोमबार

काठमाडौं/ जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गरेको छ। अलायन्सले सोमबार प्रेस विज्ञप्ति जारी गरी राईको स्वेच्छिक राजीनामा मागेको हो ।

राजीनामा नदिए मंगलबार बिहान १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गराउने र आवश्यकता अनुसार अन्य कार्यक्रम गर्ने पनि विज्ञप्तिमा छ। ‍तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ नगरी अख्तियार प्रमुखमा प्रेम राईलाई नियुक्त गरिएको र विभिन्न मुद्दामासमेत मुछिएको आरोप लगाउँदै जेनजी अलायन्सले राजीनामा मागेको हो । राईको नाम नेपाल आयल निगमनको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरिद प्रकरणमा मुछिएको आरोप छ।

आयोगका पदाधिकारीलाई पदबाट हटाउन महाअभियोग लगाउनुपर्छ। जसका लागि संसदको आवश्यकता छ। संसद नभएको अवस्थामा उक्त काम सम्भव नरहेको भन्दै राजीनामाको माग गरेको विज्ञप्तिमा जनाईएको छ । ‘हाल आयोगका प्रमुख लगायत अन्य आयुक्तलाई पदबाट निष्कासन गर्न महाअभियोग लगाउनुपर्ने तर त्यसका लागि संघीय संसद नभएका कारण सम्पुर्ण आयुक्तको पदलाई रिक्त बनाउन प्रमुख आयुक्त माननीय प्रेमकुमारज्यू लगायत अन्य आयुक्तको राजीनामा अति आवश्यक रहेको छ। यसकारण जेनजी मुभमेन्ट अलायन्सले उहाँको राजीनामा माग गरेको हो। उहाँहरूले राजीनामा दिएमा मात्र एउटा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारी नियुक्त गरी भ्रष्टाचारसम्बन्धी आवश्यक काम कारबाही तीव्र गतिमा अघि बढ्न सक्ने हाम्रो बुझाई छ,’ विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस विज्ञप्ति

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->