बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तलब बढाउने सहमतिपछि पोखराको मणिपाल अस्पतालमा नर्सको आन्दोलन स्थगीत

तलब बढाउने सहमतिपछि पोखराको मणिपाल अस्पतालमा नर्सको आन्दोलन स्थगीत


  • ढाेरपाटन संवाददाता
  • असोज २० २०८२, सोमबार

पोखरा/ तलब बृद्धिलगायत माग राखेर आन्दोलित मणिपाल शिक्षण अस्पतालका नर्सको आन्दोलन हाललाई स्थगीत भएको छ । आन्दोलित नर्सहरुले आइतबार अस्पताल परिसरमा धर्ना र नाराबाजी गरेका थिए ।

अस्पतालको काममा ‘ओभरलोड’ भएको र त्यस अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलित नर्सहरु अस्पताल व्यवस्थापनले ७ दिनभित्र तल बृद्धि गर्ने आश्वासन दिएपछि सोमबारदेखि नियमित काममा फर्किएका छन् । आफुहरु नर्स रहेको तर मेसिन नभएको भन्दै नर्सहरुले नाराबाजी गरेका थिए । आइतबार नै भएको वार्तामा ७ दिनभित्र तलब समायोजन गर्ने सहमति भएको अस्पताल प्रशासनका तर्फबाट वार्तामा सहभागी जनसम्पर्क अधिकारी कृष्णमोहन श्रेष्ठले जानकारी दिए । करिब ३ सय नर्सहरूले उचित सेवा, सुविधा पाउन नसकेको नर्सहरूको गुनासो छ । १ साताभित्र माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ । मणिपालमा १२ सयभन्दा बढी डाक्टर, नर्स र कर्मचारीहरू कार्यरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->