काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारबाट आएको किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पेश भएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएपछि प्रहरीले उक्त जाहेरी जेनजी आन्दोलनबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको छ ।
प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी लिएर आयोगमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए ।





