बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रक्तदानमा ३६ युनिट रगत संकलन

रक्तदानमा ३६ युनिट रगत संकलन

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशन नयाँबजार, पोखराको ३२ औं वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८२, बुधबार

पोखरा/गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशन नयाँबजार, पोखराको ३२ औं वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ ।

प्रमुख अतिथि एशोसिएशनका प्रेस सल्लाहकार तथा ८२ औं पटक रक्तदान गरसिकेका रक्तदान अभियन्ता, सामाजिक व्यक्तित्व तथा संचारउद्यमी कृष्ण थापाले पहिलो रक्तदाता सीता पौडेल मिश्रलाई व्लड व्याग हस्तान्तरण गर्दै रक्तदानको उद्घाटन गरेका थिए ।

सो अवसरमा थापाले जोखिममा परेको ज्यान जोगाउन रगतको सट्टामा रगत नै भएकोले रक्तदान जस्तो पुन्यको कर्म अर्को कुनै नभएको बताए । ‘मैले पहिलो पटक रक्तदात अटो मेकानिकलले आयोजनामा गरेको कार्यक्रममा गरेको थिएँ,’थापाले बिगतको कुरा स्मरण गर्दै भने, अहिलेसम्म आउदा ८२ औं पटक रक्तदान गरिसकेको छु । यसैलाई आधार मानेर एशोसिएशनले प्रमुख अतिथि बनाउनु भयो मलाई अत्यन्तै खुसी लागेको छ । यसले अझैं मलाई रक्दानको सचेतिकरणमा लाग्न उत्प्रेरित गरेको छ ।’ उनले पोखरामा रगतको अभाव भइरहेको बेलामा एशोसिएशनले रक्तदान गरेर पुन्यको काम गरेको भन्दै आभार व्यक्त गरे ।

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान जस्तो पवित्र कार्यमा संथागत रुपमा लाग्नु भएकोमा एशोसिएशन र पधाधिकारीहरुलाई आभार व्यक्त गर्दै पोखरामा रहेका अन्य संघ संस्थाहरुलाई पनि नियमित वा आकस्मिक रुपमा रक्तदानका कार्यक्रमहरु आयोजना गर्न आग्रह गरे । ‘बिदापछि खुलेको बजारमा मानिसको चकलपहल सुरु हुन थालेको र यही बेलामा पोखरामा रगतको कमि भएको महसुश गरिएको छ,’उनले भने, ‘आइतबार सभागृहमा र सोमबार नयाँबजारमा गरिएको कार्यक्रम रगत आपूर्तिका लागि महत्वपूर्ण छ ।’

यसअघि कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै संस्थाका स्वास्थ्य सल्लाहकार डा.रवीन्द्र श्रेष्ठले कास्कीका धेरै पटक रगत दिने कृष्ण थापालाई प्रमुख अतिथिको रुपमा पाउनु महत्वपूर्ण भएको बताए । उनले शरीरमा रहेको रगतलाई तीन–तीन महिनाको फरकमा दिएमा स्वस्थ पनि भईने र अरुको जीवन बचाउन पनि सकिने भएकोले आफै मरेर जाने रगतलाई दान गरी जोखिममा परेको जीवन बचाउन रगत दान गर्नु जस्तो श्रेष्ठकर कार्य अरु हुनै नसक्ने बताए ।

कार्यक्रममा रक्दानका संयोजक राम बहादुर नेपाली, नेपाल रेडक्रस सोसाईटी गण्डकीका सभापति सूर्य प्रसाद ढकाल, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सनत कुमार भट्टराई, निवर्तमान अध्यक्ष सन्तोषकुमार मिश्र, रक्तदाता माधव खतिवडा, पत्रकार आरजू विष्ट सल्यानीलगायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।

सो अवसरमा रक्तदान गरेका रक्तदाताहरुलाई प्रमुख अतिथि कृष्ण थापा, पूर्वअध्यक्ष तथा संस्थाका सल्लाहर सानुमान जलारी, अध्यक्ष विष्णु प्रसाद अधिकारी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रम एशोसिएशनका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो । सञ्चालन महासचिव वीरेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->