सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

साइबर ब्यूरोमा बयान दिएपछि महेश बस्नेत पत्रकार सम्मेलनमा

साइबर ब्यूरोमा बयान दिएपछि महेश बस्नेत पत्रकार सम्मेलनमा


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८२, बुधबार

काठमाडौं / साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उपस्थित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो । सोही अनुसार उनी बुधबार बिहान ब्यूरोको कार्यालयमा हाजिर भएर लिखित बयान दिएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले बताए ।

‘उहाँ बयान दिएर भर्खरै निस्कनु भएको छ । सरकारी वकिल कार्यालयको निर्देशनअनुसारको काम भएको छ’ अवस्थीले भने ।

ब्यूरो स्रोतका अनुसार बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका हुन् । सरकारी वकिल कार्यालयले नै पठाएको प्रश्नको उनले लिखित जवाफ दिएको ब्यूरो श्रोतले बतायो ।
बयानबाट निस्केलगतै बस्नेत एमाले मुख्यालय च्यासलमा पुगेर पत्रकार सम्मेलनमा सहभागी भएका छन् । त्यहाँ युवा संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनी मुख्य बक्ता छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->