छठ पर्वका लागि सजाइएको वीरगन्ज–१२ स्थित मूर्ली छठ घाट शनिबार साँझ धपक्कै बलेको छ । आकर्षक पन्डाल, फूल र विद्युतीय साजसज्जाले घाटको सन्ध्याकालीन दृश्य आकर्षक र मनमोहक बनाएको छ । यस वर्ष पनि मूर्लीघाट छठ पूजा व्यवस्थापन समितिले करिब १० लाख रुपैयाँ घाटको व्यवस्थापनमा लगानी गरेको छ ।
शब्द/तस्वीरः ढोरपाटन





