मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ढुङ्गा माटोसहितको लेदोले गोरखाका ५ घरमा क्षति

ढुङ्गा माटोसहितको लेदोले गोरखाका ५ घरमा क्षति

ढुङ्गा, माटोसहितको लेदोले पाङसिङका बस्तीमा ठुलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८२, आइतबार
तस्बिर : जिल्ला प्रहरी कार्यालय गोरखा

गोरखा / उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका ५ घरमा ढुङ्गा, माटोसहितको लेदो पस्दा क्षति पुगेको छ । शनिबार बेलुका ६ बजेतिर आएको ढुङ्गा, माटोसहितको लेदोले पाङसिङका स्थानीय बासिन्दाको बस्तीमा ठुलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लगातर वर्षापछि माथिल्लो भागबाट आएको माटो र ढुङ्गासहितको पहिरोले पाङसिङको गाउँ बस्तीको बीचमा पसेर देवेन्द्र गुरुङको कुखुराको फर्मका ५० वटा कुखुरा बगाएर लगेको छ । पाङसिङका सर्किनी गुरुङको एकतले काठले बारेको टिनले छाएको कच्ची घरमा पानी, ढुङ्गासहितको लेदोले घर पूर्णरुपमा क्षति गरेको छ ।

अर्का एक स्थानीय जुकबहादुर गुरुङको घरमा माटोसहितको लेदोले १३ वटा कुखुरा बगाएको छ भने धन्डुक गुरुङको एकतले कच्ची घरमा क्षति पुर्‍याई ८ वटा कुखुरा र ६ वटा हाँस बगाएको स्थानीय बमबहादुर गुरुङले बताए ।

५ घर परिवारको घरभित्र रहेको अन्नपात, कपडा र घरेलु सबै सामान बगाएर लगेको स्थानीय कमला गुरुङले बताउनुभयो । ५ घरका मानिसहरु अहिले छिमेकी घरमा सहारा लिएर बसेका छन ।

घरमा क्षति भएको खबर सिर्दीबास प्रहरी चौकीमा पुगेपछि सिर्दिबासको प्रहरी टोली घटनास्थल पुगी मुचुल्का तयारी गरी १० औँ लाख क्षति भएको मुचुल्का तयार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->