शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपथ्य कन्र्सट प्रत्येक टिकटबाट रंगशालालाई ३ सय रुपैयाँ

नेपथ्य कन्र्सट प्रत्येक टिकटबाट रंगशालालाई ३ सय रुपैयाँ

अध्यक्ष मिलन गुरुङका अनुसार, प्रत्येक टिकटबाट तीन सय रुपैयाँ मध्ये एक सय रुपैयाँ कास्की भित्रका सरकारी विद्यालयमा खेल सामग्री हस्तान्तरण गरिनेछ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८२, मंगलबार

पोखरा/पोखरामा हुने नेपथ्यको कन्सर्टका लागि काटिने हरेक टिकटबाट तीन सय रुपैयाँ पोखरा रंगशालाका लागि छुट्याइने भएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको हो । उक्त कन्र्सटबाट उठेका मध्ये केही रकम जिल्ला खेलकुद विकास समिति कास्कीलाई आउने अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रत्येक टिकटबाट तीन सय रुपैयाँ मध्ये एक सय रुपैयाँ कास्की भित्रका सरकारी विद्यालयमा खेल सामग्री हस्तान्तरण गरिनेछ । रंगशालामा कन्र्सटका लागि ८ हजार दर्शकलाई मात्रै प्रवेश गर्ने व्यवस्था मिलाइने भएको छ ।

‘यहाँ कन्र्सट हुन लागेको छ । नेपालयले विशुद्ध खेलकुदको विकासका लागि यो कन्सर्टको आयोजना गर्न लागेको भनेपछि हामी पोखराको रंगशाला दिन तयार भएका छौं । पोखरा रंगशालाको विकासका लागि प्रति टिकटबाट ३ सय रुपैयाँ हामीलाई आउँछ’ उनले भने, ‘गण्डकी प्रदेशको नेतृत्व गर्ने पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको हो । पोखराको क्रिकेट विकासका लागि यो फ्रेन्चाइज टिमले केहि कदमी चालेको छ हामीले त्यसमा साथ दिन खोजेका हौं ।’

यस्तै एक अर्ब २८ करोड लागतमा निर्माण भएको पोखरा रंगशालास्थित फुटबल मैदान कन्र्सटका कारण विग्रन सक्ने आम खेलप्रेमीमा शंका उत्पन्न भएको छ । अध्यक्ष गुरुङले नेपथ्यको कन्सर्टले मैदानलाई कुनै असर नगर्ने सुनाए । उनका अनुसार कन्सर्टको स्टेज स्कार्प फोल्डिङ हुनेछ । जसका लागि मैदानमा कुनै खाल्डो पार्न आवश्यक रहदैन । त्यतिमात्र होइन मैदानको दुबो बचाउनका लागि आयोजकले मैदानमा कार्पेट विछ्याउने समेत उनले सुनाए ।

‘यो कन्सर्टले कास्कीको खेलकुद विकासका लागि केहि मात्रामा भएपनि आर्थिक सहयोग गर्नेछ । त्यहाँबाट आएको रकम हामी कास्की जिल्लाको खेल पूर्वाधार र खेलकुदमै खर्च गर्छौ ।’ उनले भने । कन्सर्टका लागि पोखरा एभेन्जर्सको जर्सी किन्नुपर्नेछ सोही जर्सी नै टिकट मानिने छ ।

कन्सर्टमा प्रवेशका लागि पोखराका समर्थकले नेपथ्यको वेभसाइटबाट जर्सी खरिद गर्न सक्नेछन् । पोखरा एभेन्जर्सको जर्सीको नियमित मूल्य १४९९ हो । तर, कन्सर्टका लागि जर्सी खरिद गर्न आउने सुरुका १ हजार जना समर्थकलाई टिमले ९९९ रुपैयाँमै जर्सी पाएका थिए । जो १३ घण्टाभित्र खरिद भइसकेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->