बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चापाकोट आधारभुत विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री प्रदान

चापाकोट आधारभुत विद्यालयमा न्यानो कपडा र स्टेशनरी सामाग्री प्रदान


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८२, शुक्रबार

पोखरा/  पोखरा – २३ चापाकोटमा रहेको चापाकोट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी र खे्लकुदका सामाग्री प्रदान गरिएको छ । पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउँसी भैलो खेलेर संकलन गरेको रकमबाट त्यस विद्यालयका २७ जना विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा सहित आवश्यक स्टेशनरी र खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमम वडाध्यक्ष रामकाजी गुरुङ, नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष चन्द्रकिशोर गौतम, नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्मा र संस्थाका अध्यक्ष मनोज विश्वकर्मा “विनोद” ले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन यस्ता कार्यक्रमले ठुलो भुमिका खेल्ने बताए । महासंघ गण्डकीका अध्यक्ष गौतमले युवा उद्यमी संस्थाले गरेको कार्य प्रशंसनिय रहेको बताउँदै,सबैको सहयोगबाट नै संस्था बलियो बन्ने बताए ।संघ कास्कीका अध्यक्ष विश्वकर्माले शिक्षाका क्षेत्रमा युवा उद्यमी संस्थाले सहयोग गरेको र त्यसमा उपस्थिती हुन पाउँदा संघ नै सम्मानित भएको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामकला थापा, कार्यक्रमका मुल संयोजक दुर्गा बहादुर सुनार, संयोजक कमल सुनार, युवा उद्यमी विजय सुनार लगायतले ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शिक्षा भएपनि विद्यार्थीको आर्कषण कम रहेको बताए ।संस्थाका अध्यक्ष मनोज सुनार “विनोद”को अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवा उद्यमी संस्थाका सचिव श्रीकृष्ण सुनारले गरेका थिए । संस्थाले करिब ७० हजार रुपैंया बराबरको सामाग्री बितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->