मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

शैक्षिक सहकारीको रजत महोत्सवमा रक्तदान

शैक्षिक सहकारीको रजत महोत्सवमा रक्तदान


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८२, आइतबार

पोखरा/शैक्षिक बचत तथा ऋण सहकारी लिमिटेड पोखराले आयोजना गरेको रक्तदानमा ३४ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकस्थित सहकारीले रजत जयन्तीको अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काले रगत दिनु पुण्यको काम भएको सुनाइन् । उनले हरेक ३ महिनामा रगत दिन सकिने र रगत दिदाँ अर्को व्यक्तिको ज्यान बच्ने बताइन् ।

सहकारीका अध्यक्ष लिलाधर बरालले सहकारीले व्यवसायका साथै सामाजिक उत्तरदायित्व समेत वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । गणेशराज पहारीको संयोजकत्वमा भएको रक्तदान कार्यक्रम सञ्चालन कार्यवाहक सचिव गौरी चालिसेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->