शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा एभेन्जर्सलाई चिनाउनका लागि ‘नेपथ्य’ ल्यायौं

पोखरा एभेन्जर्सलाई चिनाउनका लागि ‘नेपथ्य’ ल्यायौं

एनपिएलमा फे्रन्चाइज टिम एभेन्जर्स लिएकै दिनदेखी गण्डकी प्रदेशमा आफ्नै एकेडेमी स्थापना गरि भविष्यमा एनपिएल हुँदै अन्तर्राष्ट्रिय स्तरका खेलाडी विकास गर्ने लक्ष्य रहेको उनले बताए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८२, सोमबार

पोखरा/पोखरा एभेन्जर्सले गृह मैदानमा समर्थक बढाउन र पोखरा एभेन्जर्स चिनाउनका लागि ‘नेपथ्य’ को कन्सर्ट आयोजना गरेको बताएको छ । शुक्रबार पोखरा रंगशालामा छोटो समयमा नेपथ्यसँग छलफल गरी कन्र्सटको आयोजना गरेको पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले जानकारी दिएका छन् ।

आइतबार कन्सर्ट र एभेन्जर्सको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले घरेलु समर्थकलाई एभेन्जर्स चिनाउनकै लागि कन्सर्टको आयोजना गरेको बताए । नेपाल प्रिमियर लिग (एनपिएल) को सबैभन्दा महँगो मुल्य रहेको एभेन्जर्सले दोस्रो सिजनको सुरुवातमा समर्थक बढाउनका लागि गण्डकी प्रदेशमा ट्रफी टुर सँग कन्सर्ट सम्पन्न गरेको हो । एनपिएलमा फे्रन्चाइज टिम एभेन्जर्स लिएकै दिनदेखी गण्डकी प्रदेशमा आफ्नै एकेडेमी स्थापना गरि भविष्यमा एनपिएल हुँदै अन्तर्राष्ट्रिय स्तरका खेलाडी विकास गर्ने लक्ष्य रहेको उनले बताए ।

‘पोखरा एभेन्जर्सलाई चिनाउन हामीले कन्सर्टको आयोजना गरेका हौं । मलाइ लाग्छ हामीले जुन उदेश्य राखेर आयोजना गरेका हौं । त्यो पूरा भएको छ । किनकी कन्सर्ट पछि हामीले धेरै व्यक्तिहरुले सम्पर्क गरि एभेन्जर्सलाई अब पछ्याउने बताएका छन्,’ उनले भने, ‘यो पोखरा एभेन्जर्स के रहेछ भनेर उहाँहरुले खोज्दै जाँदा एनपिएलको एउटा टिम रहेको र क्रिकेटसँग जोडिएको फ्रेन्चाइज टिम हो भन्ने थाहा पाएको व्यक्तिहरु पनि पायौं ।

क्रीकेट प्रति अन्य प्रदेशमा जति लगाव छ त्यो गण्डकीमा अलि कम भएको महसुस गरेका कारण क्रीकेट क्रेज बढाउने काममा लागेको सुनाए । उनका अनुसार नेपाथ्य कन्सर्टमा दुई हजार अर्लि बन्ड र विद्यार्थी छुटमा ९९९ रुपैयाँमा विक्रि गरेको र पाँच हजार आठ सय जर्सी एक हजार चार सय ९९ रुपैयाँमा विक्रि गरेको बताए । सोनम ब्रान्डको उक्त जर्सीको मुल्य एक हजार चार सय ९९ रुपैयाँ रहेको बताए । आठ हजार दर्शक मात्रै कन्सर्टमा सहभागि गराउने उदेश्य भएपनि कन्सर्टमा दश हजार भन्दा बढी सहभागी भएको बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पोखरा एभेन्जर्स समितिसँग सहकार्य गर्दै खेलकुद विकासका लागि काम गर्ने उदेश्य राखेपछि कन्सर्ट गर्न दिएको बताए । उनले प्रति टिकटबाट आम्दानी भएको मुल्यको तीन सय रुपैयाँ समितिलाई आउने र त्यसमध्ये एक सय रुपैयाँ विद्यालयहरुमा खेल सामग्री वितरणका लागि खर्च गर्ने सुनाए । गुरुङले आगामी वर्ष पोखरा रंगशालाको फुटबल मैदानमा फ्लड लाइट जडान गर्नका लागि नेपथ्यले कन्सर्टको आयोजना गर्ने गरी व्यान्डका मुख्य व्यक्ति गायक अमृत गुरुङसँग छलफल भएको समेत सुनाए । एनपिएल आगामी मंसिर १ गतेदेखी सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->