पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकाका दुई विद्यलायमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ। इनर ह्विल क्लव अफ पोखराले माछापुच्छ्रे गाउँपालिका २ खैम्राङस्थितश्रीकृष्ण आधारभूत विद्यालय र वडा नम्बर १ खारपानीस्थित अन्नपुर्ण आधारभूत विद्यालयमा शुक्रबार एक कार्यक्रमका बिच प्रदान गरेको हो ।
संस्थाले श्रीकृष्णका ३६ जना र अन्नपूर्णका ३७ जना विद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी र शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रम संयोजक एवं संस्थाका निवर्तमान अध्यक्ष एवं समाजसेवी रेश्मा वैद्यले सामाजिक कार्य गर्न पाउँदा खुसी लागेको बताइन् । उनले जीवनका लागि शिक्षा नै अत्यावश्यक रहेकाले आफुहरुले विद्यालयलक्षित कार्यक्रमको आयोजना गरेको सुनाइन् ।
चिसोको समय बढेकाले विद्यायलहरुमा कतिपय विद्यार्थीको आर्थिक अवस्था कम्जोर हुँदा न्यानो कपडा किन्न मुस्किल हुने सुनाउँदै आफुहरुले न्यानो कपडा वितरण गरेको सुनाइन् ।
‘आज हामी यहाँ ति महान आत्माहरुलाई सम्मान गर्न भेला भएका छौं जसले आफ्नो समय, श्रम, र माया देखाउने न्यानो कपडाको माध्यमबाट सहायता गर्नु भएको छ , हाम्रो समाजमा अझैपनि धेरै नागरिकहरु छन जो हिँउदको कठाङ्ग्रीने चिसोले उचित लुगा अभावमा कष्ठ भोगिरहनु भएको छ’ उनले भनिन् ।
संस्थाका संस्थापक अध्यक्ष सोनु सिग्देलले आमादिदीबहिनीहरुले यस्तो दुर विद्यालय सम्म आएर न्यानो कपडा लगायतका सामाग्री वितरण गरि संस्थाको मर्मलाई जिवन्तता प्रदान गरेको बताइन् ।
कार्यक्रममा बोल्दै रामप्रसाद आचार्यले यस किसिमको अत्यन्तै महत्वपुर्ण कार्यमा सहजिकरण गरि पुलको काम गर्न पाएकोमा खुसि व्यक्त गरे । आगामी दिनहरुमा पनि यसरी कार्य गर्न जिम्मेवारी थपिएको उनले बताए ।
श्रीकृष्ण आ.वि.का प्र.अ भिम तामाङ र अन्नपुर्ण आ.वि.का प्र.अ. गिरीधारी लम्साल, शिक्षक मोहन सुबेदिले पनि यति टाढासम्म आएर अप्ठ्यारो परिस्थितिका बालबालिकाहरुलाई न्यानो कपडा लगायतका सामाग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।





