शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी

मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी


  • ढाेरपाटन संवाददाता
  • मंसिर १५ २०८२, सोमबार

बागलुङ/आइतबारदेखि बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् ।

सोमबार बिहान भएको खेलमा बेनी नगरपालिकाविरुद्द जैमिनी नगरपालिका खेलमै उपस्थित नभएपछि बेन् िनगरपालिका स्वतह बिजयी भएको हो । त्यस्तै सोमबार दिउँसो भएको खेलमा प्रहरीले गलकोट नगरपालिकालाई ट्राइबेकरमा २–४ गोलले पराजित गरेको हो ।

निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलमा पुलिसकालागि सुदिप तामाङ, सरोज टिटुङ, अंकित गुरुङ र केशव बरामले गोल गरेका थिए भने गलकोटका अंकित थापा र सुमन टेलरले मात्र गोल गरे ।

सोमबारै भएको तेस्रो खेलमा पैयु गाउँपालिका पर्वत विजयी भएको छ । नेपाली सेनाको कालिदल दल गण घोडाबाँधेलाई पैयुँले ट्राइबेकरमा २–३ गोलले पराजित गरेको हो । निर्धारित समय बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको हो । ट्राइबेकरमा बाजी मार्दै पैयुँले जित निकालेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->