बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पूर्व प्रहरीको हत्यापछि फरार अभियुक्त सात महिनापछि पक्राउ

पूर्व प्रहरीको हत्यापछि फरार अभियुक्त सात महिनापछि पक्राउ

हत्या पश्चात बुद्धिराम भारत फरार भएको प्रहरीले बताएको छ । उनलाई बिहिबार नेपाल भारत सिमा नजिक रुपन्देही सिद्धार्थनगर १ बेलहियाबाट पक्राउ गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८२, आइतबार

पोखरा/लमजुङको बेंसीसहर नगरपालिका–२, भकुण्डेमा पूर्व प्रहरी हवल्दार ४६ वर्षीया सीता कँडेलको हत्या भएको सात महिनापछि प्रहरीले प्रतिवादीलाई पक्राउ गरेको छ । चितवन रत्ननगर न.पा वडा नं. ७ (साविक बछौली गा.वि.स वडा नं. १) का ४७ वर्षे बुद्दीराम दराईलाई बिहिबार सिआइबिको टोलीले पक्राउ गरेको हो ।

गत चैत ३१ गते सिताको शंकास्पद मृत्यु भएको खबर प्रहरीले पाएको थियो । बन्द रहेको सिताको कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए । सो पश्चात खटिएको प्रहरीले सिताको शव उनी सुत्ने लोबेडभित्र त्रिपालले बेरेको अवस्थामा फेला पारेको थियो ।

उनको हत्या भएको पुष्टिपश्चात प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा बुद्धिराम रहेको पत्ता लगाएको थियो । हत्या पश्चात बुद्धिराम भारत फरार भएको प्रहरीले बताएको छ । उनलाई बिहिबार नेपाल भारत सिमा नजिक रुपन्देही सिद्धार्थनगर १ बेलहियाबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले बुद्धिराम यस अघि समेत हत्या गरेकै कारण कारागार चलान भएको खुलेको बताए । राईविरुद्ध २०६७ मंसिर १२ गते गोरखाको साविक फिनाम गाविस–५ की ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या अभियोगमा २०६८ असार २० गते गोरखा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतले २०७१ चैत १३ गते १२ वर्षको कैद फैसला गरेकोमा दराई २०७६ असोज ३ गते धादिङ कारागारबाट छुटेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।

दराइ चितवन कारागारमा रहँदा कँडेलसँग चिनजान भएको थियो । कारागारबाट छुटेपछि मृतकको घरमा आउजाउ हुने गरेको र पटक पटक उनीहरुबिच मतभेद हुँदै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । विवादकै कारण दराइले चैत १२ गते लम्जुङ आएर १० दिनसम्म मृतकको गतिविधि निगरानी सहित कँडेलको हत्या गर्ने योजनाका साथ आएपनि उनको घरमा पाहुन भएकाले फर्किएका थिए । २२ गते चितवन फर्केका दराइ पुनः २६ गते चितवनबाट लमजुङ पुगि रातको समयमा सम्पुर्ण योजना बनाई २७ गते विहान घटना घटाएपश्चात शवलाई पलङ भित्र लुकाई घरमा ताला लगाइ फरार भएको प्रवक्ता क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->