आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित मोवाइल वितरण

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित मोवाइल वितरण

वडा नं. २ भित्रका १० जना स्वयंसेविकालाई आम नागरिकको स्वास्थ्य सेवामा लाग्न सहज होस् भनेर मोबाइल फोन बितरण गरिएको वडा अध्यक्ष कुबिर बिकले बताए ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर २१ २०८२, आइतबार

बागलुङ/निसीखोला गाउँपालिका वडा नंं २ ले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोवाइल फोन वितरण गरेको छ । वडा नं. २ भित्रका १० जना स्वयंसेविकालाई आम नागरिकको स्वास्थ्य सेवामा लाग्न सहज होस् भनेर मोबाइल फोन बितरण गरिएको वडा अध्यक्ष कुबिर बिकले बताए ।

महिला स्वास्थ्य स्वयंसेविका दिवशको अबसर पारेर वडा कार्यालयले सबैजनालाई सम्मान गरेको छ । स्वयंसेविकाले गाउँमा आम नागरिकको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छन् । विशेषगरी पछिल्लो समय गर्भवती महिलाको तथ्यांक राख्ने र उनीहरुलाइ खोप लगाउने नियमित गर्भ परीक्षण गर्ने जस्ता बिवायमा सचेत बनाउने काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकाले नियमित रुपमा म्यासेज पठाउन सहज हुने छ ।

वितरण गरिएको मोबाइलमा नेपाली भाषा टाइप गर्न सकिने प्रबन्ध गरिएको छ । ‘गाउँका सबै नागरिकले नेपाली भाषाको सन्देश भए भए पढेर सही सुचना लिन सक्छन्’ स्थानीय स्वास्थ्यकर्मी बिमला परियारले भनिन्, ‘यो कार्यक्रमले गर्भवती तथा सुत्केरी आमा र शिशुको स्वास्थ्यमा महत्पुर्ण योगदान पुग्ने छ ।’ यो क्षेत्रमा गर्भवती महिलालाई समयमा सूचना दिएमा नियमित स्वास्थ्य संस्थामा ल्याउन सहज हुनेछ ।

शैक्षिक रुपमा कमजोर र ग्रामीण तथा दुर्गम स्थानमा बस्नेहरुले नियमित तालिका अनुसार गर्भ परीक्षण लगायतका लागि स्वास्थ्य संस्थामा आइरहन नपाउने, कतिपय त घरमै सुत्केरी हुने खतरा छ । तसर्थ मोबाइलमार्फत नियमित सम्पर्कमा रहेर स्वास्थ्य संस्थामा ल्याउने पहलका लागि मोबाइल किनेर दिनु परेको बिकको भनाइ छ । उनले पछिल्लो समय वडामा आम नागरिकको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन अन्य घरदैलो भेट, आमा समूहको बैठकमा स्वास्थ्य सेवाबारे जानकारी दिने काम पनि गराइएको बताए ।

विशेषगरी आमा र बालबालिकाको स्वास्थ्य सुरक्षा अभियानमा फेयरमेड फाउण्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सम्बोधन कार्यक्रमले साथ दिएको छ । पछिल्लो समय स्वास्थ्य आमा समूहको बैठकमा नियमित स्वास्थ्य शिक्षाको जानकारी गराउने, स्वास्थ्य संस्थाको भौतिक उन्नती र अत्यावस्यक उपकरण खरिदका लागि सहयोग गर्ने जस्ता काम संस्थामार्फत भएको स्थानीय सामाजिक परिचालक धनकुमारी मल्लले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->