आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

आउँदो शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुँदै

आउँदो शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८२, बुधबार

पोखरा/पोखरामा आउँदो शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुने भएको छ । प्रचार नेपाल, अर्बिटे«रि इभेन्ट र स्पेक्स–१४ को आयोजनामा पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो ।

फेष्टमा चर्चित भारतीय कलाकार सञ्जु राठोरको प्रस्तुति रहने प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए । राठोडका गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् । राठोड केही महिनाअघि पोखरा घुम्न आएका थिए ।

पोखरा मन परेका कारण शोको लागि पुनः आउन राठोड तयार भएको पुरीले बताए । राठोडले पोखरामा पहिलोपटक आफ्नो प्रस्तुति दिन लागेका हुन् । फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->