सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

एमालेले बिधान महाधिवेशनले पारित गरेको संरचना अनुसार नै नयाँ नेतृत्व चयन गर्ने

एमालेले बिधान महाधिवेशनले पारित गरेको संरचना अनुसार नै नयाँ नेतृत्व चयन गर्ने

अव एमालेमा अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य पधाधिकारीको चयन हुनेछ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०८२, शुक्रबार

काठमाडौं / नेकपा (एमाले)ले महाधिवेशनमा विधान संशोधन नगर्ने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बिधान संशोधन नहुने र विधान महाधिवेशनबाट पारित संरचना अनुसार नै नयाँ नेतृत्व चयन हुने उपहासचिव प्रदीप ज्ञवालीले बताए

गत भदौ २०-२२ मा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएपछि अव एमालेमा अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य पधाधिकारीको चयन हुने छ । विभिन्न सञ्चार माध्यममा पदाधिकारीको संख्या थप्न बिधान संशोधन हुने चर्चा भएपनि सचिवालय बैठकले विधान संशोधन नहुने निर्णय गरेको हो ।

आजको बैठकले बन्द शत्र सञ्चालन गर्न सचिवालयका १८ जना सदस्य रहने गरी अध्यक्षमण्डल गठन गर्ने निर्णय गरेको भने १०८ जना प्रतिनिधि मनोनयन पनि गरेको छ। जम्मा प्रतिनिधीको ५ प्रतिशत मनोनयन गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->