बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुरक्षित लगानीबारे सचेतना

सुरक्षित लगानीबारे सचेतना


  • ढाेरपाटन संवाददाता
  • पुष ३ २०८२, बिहिबार

बागलुङ/विश्व लगानीकर्ता सप्ताह २०२५ को अबसरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । धौलागिरि बहुमुखी क्याम्पसमा स्नातक तह व्यवस्थापन समूहमा अध्ययनरत बिद्यार्थीकालागि यो सचेतना कार्यक्रम गरिएको हो ।

सिडिएस एण्ड क्रियटिङ लिमिटेड तथा इन्दीरा सेकुरेटिज प्रालिको आयोजनामा भएको कार्यक्रममा इन्द्र सेकुरेजिट प्रालिका पुर्व संचालक लिलानाथ घिमिरे, सिडिएस एण्ड क्रियटिङ लिमिटेडका प्रवन्ध निर्देशक सोम सिंह ठकुरी, क्यामपसका सहायक प्रमुखहरु धु्रबराज गौतम र डिल्लीराज गौतमले शेयर मार्केट तथा लगानीको बिषयमा प्रशिक्षण गरेका थिए ।

कार्यक्रममा क्यामपस प्रमुख सहप्राध्यापक डा. सुदर्शशन सिलवालले विश्वमा लगानी मैत्री वातावरण बढेको, शेयर तर्फ सबैको आर्कषण बढेको तर बुझाइ कमी भएकोले यस्ता अभियान उपयोगी हुने बताए । सिडिएस एण्ड क्रियटिङका निर्देशक देवराज रिजालको अध्यक्षता, स्ववियु सदस्य बिरोष क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा स्ववियु कोषाध्यक्ष बिसाल थापाले पनि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->