पोखरा/ पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको छ । हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गर्दै आइएकोमा यस वर्ष २५ औं व्याचका विद्यार्थीको आयोजनामा यही पुस २६ गते शनिबार एनटिएचएमसी फुड फेष्ट आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष विवेक महतले जानकारी दिए ।
फुड फेष्टिवलका लागि तयारी थालिसकेको जानकारी गराउँदै उनले उक्त फेष्टिवलमा विभिन्न किसिमका खाना तथा पेय पदार्थ, भेगन (प्लान्ट बेस फुड) आदिको स्वाद लिन पाइने बताए । उक्त अवसरमा बार टेण्डरिङ फेलरिङ सो समेत हुनेछ । फेष्टिवलमा समिर श्रेष्ठ, केहारसिंह लिम्बुुु जस्ता कलाकारको ब्याण्ड प्रस्तुतीका साथै विभिन्न सांस्कृतिक तथा अन्य प्रस्तुती रहने छन् । कार्यक्रममा स्थानीय कलाकारका साथै कलेजका विद्यार्थीको समेत विभिन्न प्रस्तुती रहने जनाइएको छ ।
कार्यक्रममा सशुल्क सहभागि हुने व्यवस्था मिलाइएको र यसका लागि सशुल्क अनलाइन टिकेटिङ पाटनरका रुपमा रेभेलसँग सहकार्य गरिएको जानकारी दिदै महतले आयोजक टिमका सदस्यबाट समेत टिकट वितरण गरिने बताए । ‘कार्यक्रमलाई भव्य र सभ्य बनाउन १४ सदस्यीय मूल आयोजक समिति कृयाशिल बन्नुुका साथै क्याम्पस प्रमुख प्रकाश रेग्मी र सहायक क्याम्पस प्रमुख राजकुुमार कार्कीको निरन्तरको सरसल्लाहमा हामी निरन्तर लागिरहेका छौंं’, उनले भने, ‘कार्यक्रमको सफलताका लागि विभिन्न प्रायोजक, सहप्रायोजक एवम् सहयोगीको साथ सहयोग रहेको छ ।’ कार्यक्रम पश्चात वातावरणलाई साथ र सहयोग गर्ने उद्देश्यका साथ ‘प्लेट फर प्लान्ट’ योजना समेत राखिएको आयोजकले जनाएको छ ।





