स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका वडा नं —१ मा रहेको पञ्चकन्या माविले तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सवको उपाधि जितेको छ । रनिङ शिल्ड तर्फ ४५ स्वर्ण, ४५ रजत र ४५ कास्यमा भएको प्रतिस्प्र्धामा पञ्चकन्या माविले २५ स्वर्ण, १० रजत र सात कास्यसहित ४२ पदक जित्दै उपाधिको रक्षा गरेको हो ।
खेलभर दबदबा देखाएको पञ्चकन्याले लगातार तेस्रो पटक जित निकाल्दै रनिङ शिल्ड समेत कब्जा गरेको हो । यस्तै घण्टे माविले १० स्वर्ण, १२ रजत र १० कास्य पदक सहित ३२ पदक जित्दै द्धितीय बनेको हो भने तीन स्वर्ण, पाँच रजत र एक कास्य पदक जित्दै तृतीय बनेको हो ।
यस्तै शैक्षिक महोत्सबमा ३५ स्वर्ण, ३५ रजत र ३५ कास्यमा अर्जुन चौपारी चिल्ड्रेन एकेडेमीले १० स्वर्ण, छ कास्य र तीन कास्यसहित १९ पदक जित्दै पहिलो बनेको हो ।
यस्तै पञ्चकन्याले चार स्वर्ण, चार रतज र दुई कास्य जित्दै शैक्षिक महोत्सवमा दोस्रो बनेको भने सितला देवी इङलिस स्कुलले तीन स्वर्ण, पाँच रजत र एक कास्य पदक जित्दै तेस्रो बनेको हो ।
विद्यार्थीले आफ्नो नेतृत्व र क्षमता देखाउने उदेश्यले खेलकुद महोत्सव गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । शैक्षिक महोत्सवले विद्यार्थीमा खेलकुदको रुचि बढाउने तथा उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना हुने तिवारीको भनाई थियो ।
यहाँ रनिङ शिल्डतर्फ शटपुट, कबड्डी, ज्याभ्लिन थ्रो, भलिबल, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, बिच भलिबल तथा एथलेटिक्स खेल खेलाइएको थियो भने शैक्षिक महोत्सवमा मेमोरी टेस्ट, इन–आउट, ब्यालेन्स रेस, क्वीक रेस्पोन्स, चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, हट पोट्याटो, वाटर रिले दौड, रिले दौड, बोरा दौड खेल खेलाइएको थियो ।
प्रतियोगितामा प्रथम पञ्चकन्याले २० हजार सहित रनिङ शिल्ड, कप पाएको हो भने घण्टेले १५ हजार र जन माविवे १० हजार पाएको हो । तीन दिनसम्म चलेको खेलकुद महोत्सबमा २९ विद्यालयका एक हजार खेलाडी सहभागी रहेका थिए ।
दुई प्रतिस्पर्धि उत्कृष्ट र इमर्जिङ
तेस्रो राष्ट्रपति रनिङ शिल्डमा घण्टे माविकी विनीता क्षेत्री र पञ्चकन्याकी विनीशा जिसी कसले मेडल बढि जित्ने प्रत्पिर्धामा थिए ।
१७ बर्षे क्षेत्री र १२ बर्षे जिसीले आफुलाई अब्बल देखाउने दौडमा थिए । दोस्रो राष्ट्रपति रनिङ शिल्डकी उत्कृष्ठ खेलाडी बिनीताले नौ पदकसहित आफ्नो उत्कृष्ठ पद जोगाउदाँ विनीसाले इमर्जिङ खेलाडीको पद जोगाउन कुनै कसर राखिनन् ।
उस्तै उस्तै नाम भएका दुईले सबैलाई चकित पार्दै जिल्ला स्तरीय प्रतियोगतामा अब्बल सावित गर्ने बचत समेत खाए ।
घण्टेले १० स्वर्ण पाउदाँ विनीताले एक्लै चार सय मिटर, दुई सय मिटर दौड, एक सय मिटर रिले, त्रिपल जम्पमा स्वर्ण जितेकी हुन् भने उनले चार सय मिटर रिले, लङजम्प, हाइजम्प, भलिबलमा रजत र एक सय मिटर दौडमा कास्य पदक जितेकी हुन् ।
यस्तै विनीशाले चार सय मिटर दौड(६–८), चार सय मिटर रिले स्वर्ण, जङजम्प (६–८, ६–१२) स्वर्ण, दुई सय मिटर दौड, एक सय मिटर दौडमा स्वर्ण जित्दा एक सय मिटर रिलेमा रजत पदक जितेकी हुन् ।
संस्थागततर्फ अर्जुन चौपारी चिल्ड्रन एकेडमी की श्रेया रोकाले समेत आफ्नो दावेदारीलाई सबैका माझ अगाडी राखिन । उनले हाइजम्पमा स्वर्ण, कबड्डी, लङजम्प, २०० मिटर दौडमा रजत तथा भलिबल, ४०० मिटरदौड, १६०० मिटर दौड, एक सय मिटर रिले र चार सय मिटर रिलेमा कास्य पदक जित्दै नौ पदक आफ्नो पोल्टामा पारिन ।
यस्तै पहिलो पटक आयोजना गरिएको महिला भलिवलकी १४ बर्षीय सिमरन मियाँ भलिवलकै उत्कृष्ठ खेलाडी बनिन ।




