शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्य इभेन्टमा सुस्मिता र सरिता भिड्दै

मुख्य इभेन्टमा सुस्मिता र सरिता भिड्दै


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०८२, शनिबार

पोखरा/साक यान्त मुवाथाईको आयोजनामा पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ सुरु भएको छ । शुक्रबादेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिमेडिकल, सम्झौता हस्ताक्षर, प्राविधिक जानकारी तथा फेसअफको कार्यक्रम भएको थियो ।

मुवाथाई सँगै एमएमए (मिक्स मार्सल आट्र्स) समेत आयोजना हुने प्रतियोगिताको मुख्य इभेन्टमा आज गण्डकी प्रदेशकी खेलाडी सुस्मिता थापा मगरले भारतकी सरिता राठोरको सामना गर्दै छिन । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणमा केज फाइट जोडिएको छ । प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटरको सहभागिता रहेको छ । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १ र बाकी फाइटर नेपाली रहेका छन् ।

शनिबार २३ फाइट हुनेछन् । मुख्य इभेन्टको विजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यो बाहेक नकआउट गराएमा थप ३० हजार रुपैयाँ बोनस खेलाडीले प्राप्त गर्नेछ । यस्तै अन्य फाइटमा नकआउट गरेमा १० हजार रुपैयाँ वोनस खेलाडीले पाउनेछ ।

आफु फाइटलाई लिएर निकै खुसी रहेको सुस्मिताले बताएकी छन् । उनले यस अघि भारतमा समेत पुगेर फाइट खेलेको अनुभव भएकाले भोलिको मुख्य इभेन्ट निकै प्रतिस्पर्धात्मक हुने बताइन् । उनको प्रतिद्धन्द्धी सरिता राठोरले आफु पोखरामा फाइट खेल्न पाउँदा निकै खुसी भएको सुनाउँदै सुस्मिताको फाइट आफुले देखेको कारण टक्कर दिने बताइन् ।

यस्तै प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षकको रुपमा केज फाइट हुने जानकारी दिए । मुआथाईमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराएको उनले बताए । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हो । हामीले यसमा प्रवेश निशुल्क गरेका छौं ।’ पोखरामा मुआथाई, एमएमए चिनाउनका लागि निशुल्क गरिएको उनले सुनाए । प्रतियोगिता आज १ बजेबाट बाराहिघाटस्थित खुल्ला चौरमा हुनेछ । प्रतियोगितामा कुल पुरस्कार राशी १५ लाख रुपैयाँ बराबर हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->