शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्वतमा खेलाडीहरू सम्मानित

पर्वतमा खेलाडीहरू सम्मानित


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०८२, बिहिबार

पर्वत/हालसम्मको अवधिमा पर्वत जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिस्पर्धा गरेका खेलाडीहरूलाई सम्मान गरिएको छ ।

जिल्लाको प्रतिनिधित्व गरेर वा अन्य माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा खेलेर देशका लागि योगदान गरेका खेलाडीलाई प्रोत्साहन गर्नको लागि पहिलो चरणमा ५४ जना खेलाडीहरूलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समिति पर्वत अध्यक्ष जङ्गबहादुर पुन (बुद्ध) ले जिल्लामा करिब ८० जना भन्दा बढी त्यस्ता खेलाडीहरू रहेको पनि पहिलो चरणमा ५४ जना सम्पर्कमा आएकोले उनीहरूलाई सम्मान गरिएको बताए ।

हालै आयोजना भएको १५ औँ जिल्लास्तरीय राष्ट्रपति रानिङ शिल्ड प्रतियोगिताको अवसर पारेर उनीहरूलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिले रनिङ शिल्ड सुरु हुनुपूर्व नै सम्मानित हुने खेलाडीलाई सम्पर्क आउन अनुरोध गरेको थियो । उक्त अवधिसम्म जिल्लामा वा आसपासमा रहेका खेलाडीलाई सम्मान गरिएको हो । उक्त अवधिमा कतिपय खेलाडीहरू खेलको सिलसिलामा तथा केही वैदेशिक यात्रामा रहेका कारण पनि नाम प्राप्त भएका सबैलाई एकै मञ्चमा सम्मान गर्न नसकिएको अध्यक्ष पुनले बताए । बाँकी रहेका खेलाडीहरूलाई जिल्लामा आयोजना हुने अर्को विशेष कार्यक्रमको अवसरमा सम्मान गर्ने समितिले तयारी गरेको छ ।

जिल्लाबाट खेलकुद क्षेत्रमा प्रतिनिधित्व गरेका खेलाडीलाई सामूहिक रूपमा सम्मान गरिएको पहिलो पटक हो । आफ्नै शरीरलाई घाइते बनाएर जिल्ला, प्रदेश र देशका लागि खेलेका खेलाडीहरूलाई धेरै कम्तीमा पनि ऊर्जाको निरन्तरताको लागि सम्मान महत्त्वपूर्ण भएको अध्यक्ष पुनले बताए ।

सम्मान पाएका खेलाडीहरूमा तेक्वान्दोका शान्तबहादुर फकामी, दीपेश गुरुङ, भरत कुमार श्रेष्ठ, दीपक पुन, प्रकाश फकामी, आस्था शर्मा, स्मृति नेपाली, सोनिया माझी, लगन श्रेष्ठ र शङ्कर पौडेल रहेका छन् । कबड्डीमा शन्सी थापा, सुटिङमा सन्दीप गाहा र निर्मलराज भण्डारी ब्याडमिन्टनमा पुनम गुरुङ र राजन गुरुङ क्रिकेटमा रोहन कुँवर र पूरण सुवेदी रहेका छन् ।

यस्तै भलिबलबाट गोपाल पुन, हिरा के.सी, राम कुमार श्रेष्ठ, रोश्मिना गुरुङ, विक्रम लामिछाने, लक्ष्मण राना, दिनेश सेन्चुरी, रिमा कुँवर, श्रवण कुमार श्रेष्ठ, पूजा सेन, राजेन्द्र हमाल, सुवास कुँवर, कुश गुरुङ, विष्णु क्षेत्री, सहारा पुन, लक्ष्मी राना र मिना तिलिजा पुन रहेका छन् । यस्तै फुटबलका गङ्गा गुरुङ, सञ्जय हिताङ, सुमित गुरुङ, ऋषभ सुनार, सङ्कल्प अधिकारी, सागर थापा, अर्जुन बसेल, दिप्सन परियार, सुसन थापा, श्याम परियार, अमृता पुन, वीरेन्द्र मल्ल, दिवन थापा, केशव न्यौपाने, सोनम बि.क. र ईश्वर गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->