स्याङ्जा/ जिल्लाको अर्जुनचौपारी गाउँपालिका १ मा रहेको पञ्चकन्या माविलाई खुमा अर्याल फाउण्डेसनले दुई वटा कम्प्यूटर सेट प्रदान गरेको छ । विद्यालयको ५१ औं वार्षिकोत्सब समारोहमा फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्मा सहितको टोलीले विद्यालयलाई कम्प्यूटर सेट हस्तान्तरण गरेको हो ।
विद्यार्थीहरुलाई प्रविधिमैत्री शैक्षिक सिकाइका लागि कम्प्युटर कमी भएको र ब्यवस्थापन समितिले माग गरेसँगै प्रदान गरेको शर्माले बताए । कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले एक्लै कसैले विद्यालय शिक्षालाई राम्रो बनाउन नसक्ने भन्दै विद्यालयलाई राम्रो बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको समान दायित्व रहेको बताए । शिक्षालाई उत्कृष्ठ बनाउन स्थानीय सरकार विद्यालयसँग हातेमालो गर्न तयार रहेको बताउदै तिवारीले तर वातावरण राम्रो हुनुपर्नेमा जोड दिए ।




