शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङ्जामा खुमा अर्याल लिग रनिङ कप टी–२० क्रिकेट हुने

स्याङ्जामा खुमा अर्याल लिग रनिङ कप टी–२० क्रिकेट हुने


  • अर्जुन काफ्ले
  • पुष २३ २०८२, बुधबार

स्याङ्जा/पुतलीबजार नगरपालिका–१ मालेबगर खेल मैदानमा प्रथम खुमा अर्याल कप टी–२० रनिङ कप क्रिकेट हुने भएको छ ।

खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगपालिकासंग सहकार्य र जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राविधिक सहयोगमा पालिकास्तरीय प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट आगामी माघ २ देखि १० गतेसम्म गर्न लागेको हो ।

जिल्लाको समग्र खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।

टी–२० क्रिकेटको लागि जिल्ला टिम छनौट गर्ने, स्याङ्जा सदरमुकामलाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसित गराउने लगायतका महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको अध्यक्ष शर्माले बताए ।

प्रतियोगितामा यु–१६ को एक र यु–१९ का दुई खेलाडी एक टिममा अनिवार्य खेलाउनुपर्ने नियम आयोजकले बनाएको छ भने खेलमा दुई खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सहभागिता गराउन पाइने छ ।

नौँ दिन चल्ने खेलमा स्याङ्जाका ११ मध्ये नौ पालिकाको सहभागिता रहने पक्का भएको बताउँदै शर्माले दुई सय ५० खेलाडीको सहभागिता हुने विश्वास व्यक्त गरे ।

कप विजेताले दुई लाख रुपैयाँ, महत्वपूर्ण बहुमुल्य रत्न सुन तथा चाँदी जडित र आठ लाख रुपैयाँमा निर्माण भएको रनिङ शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

यस्तै उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतीय स्थान हात पार्ने पालिकाले एक लाख र सान्त्वनाले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा प्लेयर अफ दी म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०÷१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि ६४ लाख नौ हजार सात रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->