शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेदीखोला र कालीण्डकी उद्घाटन खेलमा भिड्ने

फेदीखोला र कालीण्डकी उद्घाटन खेलमा भिड्ने

प्रतियोगितामा विजेताले दुई लाखसहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८२, शुक्रबार

पोखरा/प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ ।

पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा टी–२० रनिङ कप क्रिकेट प्रतियोगता हुन लागेको हो ।

दुई चरणमा आजदेखि ४ गतेसम्म र दोस्रो चरणमा माघ ९ गते देखि १४ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहिभागिता रहेको छ भने टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समुह ए, बी, सीमा तीन–तीन पालिका रहेका छन् भने समूह डीमा दुई पालिका रहेका छन् । प्रत्येक समूहको विजेता सेमिफाइनमा प्रवेश गर्नेछ । सेमिफाइनमा ए र सी तथा बी र डीको विजेता प्रतिस्पर्धा गर्नेछन् ।

स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेटलगायतका खेलको हबका रुपमा विकसित गराउने र

जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । हरेक पालिकाको टिमका एकजना अण्डर १६, दई जना जना अण्डर १९ र हरेक पालिकाबाट दुई–दुई बाहिरी जिल्लाबाट खेलाडी ल्याएका छन् ।

प्रतियोगितामा विजेताले दुई लाखसहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगितामा प्लेयर अफ दी म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०÷१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।

प्रतियोगिता सञ्चालनको लागि ६४ लाख नौ हजार सात रुपियाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

फेदीखोला र कालीगण्डकी आज भिड्ने
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा आज उद्घाटन खेल समूह बीका फेदीखोला र कालीगण्डकी हुने छ । दिनको साढे १२ बजे खेल सुरु हुनेछ ।

पहिलो दिन एक खेल खेलाएपनि अन्य दिन दुई–दुई वटा खेल हुने फाउण्डेसनका सचिव ध्र्रुव शर्माले जानकारी दिए ।

आदील आलम पुतलीबजारबाट खेल्ने
एनपीएलको अक्सनमा सार्वधिक महङगा खेलाडी आदील आलम पुतलीबजारबाट खेल्ने पक्का भएको छ ।

दुई खेलाडी पालिका बाहिरका टिममा राख्न पाउने ब्यवस्था अनुसार आलम आउने पक्का भएको हो । यस्तै राष्ट्रिय खेलाडी इशान पाण्डे तथा अण्डर १९ का वालिङका राष्ट्रिय खेलाडी दीपक डुम्रे गल्याङबाट खेल्ने कयान स्याङ्जाजा अध्यक्ष दिवाकर थापाले बताए ।

यस्तै राष्ट्रिय खेलाडी अनुज चनरा भीरकोटबाट खेल्ने र अन्य पालिकाबाट पनि खेलाडी ल्याएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->