बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मिस तामाङको ग्राण्ड फिनालेको तयारी

मिस तामाङको ग्राण्ड फिनालेको तयारी


  • ढोरपाटन संवाददाता
  • माघ २ २०८२, शुक्रबार

पोखरा/तामाङ समुदायको भाषा, संस्कृति र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मिस तामाङ पोखरा–२०२६ को सम्पूर्ण तयारी पूरा भएको छ ।

बैदाम तामाङ सेवा समाजको आयोजनामा सम्पन्न हुन लागेको प्रतियोगिताको ग्राण्ड फिनाले माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा आयोजना हुँदैछ। प्रतियोगितामा ८ जना युवती सहभागी छन्, जसले सौन्दर्यसँगै क्षमता, आत्मविश्वास, संस्कृति र नेतृत्व प्रस्तुत गर्नेछन् ।

कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगितामार्फत युवतीहरूको आत्मविश्वास र नेतृत्व क्षमता विकास भएको बताउँदै ग्राण्ड फिनालेका लागि सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् । समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा प्रतियोगिता सौन्दर्य प्रतियोगिताभन्दा फरक, पहिचान र सशक्तीकरणको अभियान भएको उल्लेख गर्दै सफल आयोजनाका लागि सबै पक्ष तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->