शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

कालीगण्डकी गाउँपालिकाको विजयी सुरुवात

कालीगण्डकी गाउँपालिकाको विजयी सुरुवात


  • अर्जुन काफ्ले
  • माघ ३ २०८२, शनिबार

स्याङ्जा/प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकी गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।

पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेका प्रतियोगितामा शुक्रबारको उद्घाटन खेलमा कालीगण्डकीले रनले फेदीखोलालाई ४९ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कालीगण्डकीले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।

३.१ ओभरमा १२ रनमा पहिलो विकेट गुमाएको कालीगण्डीले दोस्रो विकेटको लागि हिलसन पाण्डे र दर्सा सुनारले १४६ रनको साझेदारी गर्नु भएको थियो । ७३ रनको स्कोरमा दर्सा सुनार ७३ आउट भएसँगै कालीगण्डकीको लगातार विकेट गुमेको थियो । अण्डर १९ का राष्ट्रिय खेलाडी दर्साले ४७ बलमा पाँच छक्का र पाँच छक्काको मद्धतले उक्त रन बनाएका हुन ।

कालीगण्डकीको लागि हिलसनले ६५, भुवन भण्डारीले दुई बलमा नट आउट सात रन बनाए । फेदीखोलाको लागि प्रशान्त सुवेदी र सुजन गौतमले समान दुई विकेट लिएका थिए ।

१७६ रनको लक्ष्य पाएको फेदीखोलाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १२६ रन मात्र बनाएको हो । २० रनमा पहिलो विकेट गुमाएको फेदिखोलाले ४९ मा चौथो विकेट गुमाएको थियो । पाँचौ विकेटको लागि सार्दुल भट्ट र प्रविन पौडेलले ५७ रनको साझेदारी गरेपनि हारलाई टार्न नसकेका हुन् ।

पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले प्रतियोगता पहिलो चरण ४ गते सम्म र दोस्रो चरणमा माघ ९ गते देखि १४ गते सम्म प्रतियोगिता चल्ने छ ।

यहाँ आयोजित प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहिभागिता रहेको छ भने चार समुहमा विभाजन गरिएको छ ।

समुह ए, बी, सीमा तीन तीन पालिका रहेका छन् भने समुह डीमा दुई पालिका रहेका छन् । प्रत्येक समुहको समुह विजेता सेमिफाइनमा प्रवेश गर्ने छन् । सेमिफाइनमा ए र सी तथा बी र डीको विजेता प्रतिस्पर्धा गर्ने छन् ।

स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसित गराउने र

जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउण्डेनसका सचिव धु्रब शर्माले बताए ।

प्रतियोगितामा विजेताले दुई लाख सहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल रप्रमाणपत्र प्राप्त गर्ने छ ।
यस्तै तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०÷१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->