शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अरण्यज्योतिले लेकसाइडलाई हरायो

अरण्यज्योतिले लेकसाइडलाई हरायो


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार

पोखरा/पोखरामा जारी एकदिवसीय क्रिकेटमा अरण्यज्योति क्रिकेट क्लब १६ रनले विजयी भएको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता अन्तरगत समूह ए तर्फ मंगलबार भएको खेलमा अरण्यज्योतिले लेकसाइड क्रिकेट क्लबलाई १६ रनले हराउन सफल भएको हो ।

२१५ रनको विशाल विजयी लक्ष्य पाएको लेकसाइड ४४.५ ओभरमा १९८ रनमा अलआउट हुन पुग्यो । लेकसाइडका लागि सरोज धामी चौधरीले १३६ बलमा ८२ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त हुन सकेन । यस्तै हरिशंकर तिवारीले ३७ रन जोडे ।

अरण्यज्योतिका लागि अब्दुल खलिक, अभिषेक भुजेल र प्रविण पौडेलले समान २÷२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अरण्यज्योतिले ५० ओभरमा ८ विकेट गुमाउँदै २१४ रन बनाउन सफल भएको थियो । टोलीका लागि सन्जिव कार्कीले सर्वाधिक ८९ रनको योगदान दिए । घनश्यामकुमार यादवले ४५ र सन्देश न्युरेले २५ रन जोडे ।

लेकसाइडका लागि हरिशंकर तिवारीले १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै केशव सुनार र सन्देश शाहले समान २÷२ विकेट लिए । खेलको प्लेयरअफ दि म्याच सन्जिव कार्की घोषित भए ।

यो संगै समूह ए तर्फको एक चरणका खेल सम्पन्न भएका छन् । सिंगल राउन्ड रोविन लिगको आधारमा भएको खेलमा आजदेखी समूह बीतर्फ एक चरणका खेल सुरु हुनेछन् । दुवै समुहको एक चरणका खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन् ।

त्यसपछि बाकी रहेका लिगका अन्य खेलहरु पोखरा रंगशालासंगै लेखनाथमा हुने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->