
बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजनामा गरिएको संकाय स्तरीय छात्रछात्रा भलिवल प्रतियोगिता सकिएको छ ।
धौलागिरि क्षेत्रको पहिलो आँगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङको ६३ औं वार्षिकोत्वसको अवसरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीको बिचमा भएको संकाय स्तरीय भलिबलमा छात्रतर्फ बिएड र छात्रातर्फ बिआइसिटी समुह विजयी भएको छ ।
छात्रतर्फ होस्टेल ग्रुप फाइनलमा २–१ सेटमा पराजित गर्दै बिएड समुह र छात्रातर्फ बिएडलाई सोझो सेटमा पराजित गर्दै बिआइसिटी समुह विजयी भएको प्रतियोगिताका संयोजक तथा स्वतन्त्र विद्यार्थी युनियनका सदस्य विनोद कार्कीले जानकारी दिए ।
सोमबार नै क्रिकेट प्रतियोगिता पनि भएको संयोजक कमल आचार्यले जानकारी दिए । वार्षिकोत्सवको पाँचौ दिन मंगलबार मालढुङ्गादेखि क्याम्पससम्म म्याराथुन, ‘वैदेशिक रोजगार बरदान की अभिषाप’ शिर्षकमा बादविवाद प्रतियोगिता, एक सय मिटर छात्रछात्रा दौड, व्याटमिन्टन प्रतियोगिता र छात्रछात्रा लठो तान्ने प्रतियोगिता राखिएको सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले जानकारी दिए ।





