शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्वत विजयी, आज देवचुली र सुनवल भिड्ने

पर्वत विजयी, आज देवचुली र सुनवल भिड्ने


  • खगेन्द्र पराजुली
  • माघ १३ २०८२, मंगलबार

नवलपुर/दोस्रो देवचुली गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणको तेस्रो खेल पर्वतले जितेको छ । शान्तिदीप युवा क्लबको आयोजनामा नगर रंगशालामा शनिबारदेखि सञ्चालित प्रतियोगिताको तेस्रो दिन भएको खेलमा चितवनको नारायणी फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै पर्वत पैंयुको टीम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

सोमबारको खेलमा पर्वतको पंैयु गाउँपालिकाका तर्फबाट समिर नेपाली र युग लामाले १–१ गोल गरे भने नारायणीका अमृत श्रेष्ठले १ गोल गरेका हुन् । सोमबारको खेलमा पर्वतका युग लामा मेन अफ दी म्याच भए ।

देवचुली गोल्डकपको चौथो दिन मंगलबार मोनस्टार गाइज सुनवल र देवचुली युवा तथा खेलकुद बिकास समितिको टीमबीच प्रतिस्पर्धा हुने तालिका छ ।

३ लाख रुपैंया प्रथम पुरस्कार रहेको देवचुली गोल्डकपमा १४ टिम खेल्नका लागि दर्ता भएका छन् । प्रतियोगितामा १ लाख ५० हजार रुपैया दोस्रो पुरस्कार रहेको छ भने सेमीफाइनल हुने २ टीमलाई प्रोत्साहन स्वरुप २५–२५ हजार रुपैंया पुरस्कार रहेको छ ।

हरेक प्रतिस्पर्धात्मक खेलका मेन अफ दप् म्याचलाई आयोजकले दैनिक सम्मान–पुरस्कृत गर्नेछ । समापनमा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि आयोजकले पुरस्कारको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->