पोखरा/पोखरामा शनिबारबाट साफ अन्डर १९ च्याम्पियनसिप सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी प्रतियोगितामा बंगलादेश र भारतले विजयी हासिल गरेका छन् ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा भारतले नेपालाई १–० गोलअन्तरले हराएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा १–० को होर व्यहोर्न बाध्य भएको हो । भारतको जितमा पर्ल फर्नान्डेजले गोल गरिन् । उनले खेलको ४९ औैं मिनेटमा गोल गरिन् ।
हारपश्चात प्रतिक्रिया दिदैँ सुमन श्रेष्ठले खेलाडीले राम्रो प्रदर्शन गरेको सुनाए । छोटो समयको प्रशक्षिणले नै यो नतिजा आउनुमा कुनै गुनासो नरहेको उनले बताए ।
‘हामी हार मान्दैनौं । हामीले यो खेल पनि बराबरीमा रोक्ने प्रयास गरेका थियौं तर, सफल भएनौं । आजको हाम्रो लक्ष्य नै बराबरी खेल्ने थियो । तर, सकिएन अबको लक्ष्य भनेको स्पष्ट ३ अंक जोड्ने नै हो’ उनले भने, ‘आजको खेलमा खेलाडीको प्रदर्शनीबाट म सन्तुष्टि छु । हामीले जुन बलमा प्रशिक्षण गरेका थियौं त्यो किसिमको बल यहाँ थिएन । हामीलाई त्यहि बल हुन्छ भनिएको थियो तर, भएन ।’
भारतकी प्रशिक्षक पमेला कोन्टीलेले मैदान राम्रो नहुँदा स्कोर बढाउन नसकेको प्रतिक्रिया दिइन् । उनले खेलाडीले मिहेनत गरेपनि मैदान नयाँ भएकाले गोल गर्न चुकिरहेको बताइन् । आगामी खेलमा अझ राम्रो प्रदर्शनी गर्ने उनले सुनाइन् ।
नेपालले अब भुटानको सामना गर्नेछ । उक्त खेलमा स्पष्ट ३ अंक जोड्न नेपाललाई आवश्यक छ । त्यसअघि भएको खेलमा बंगलादेशले भुटानमाथि १२–० को फराकिलो जित हासिल गरेको हो ।
एक पक्षीय खेलमा मोस्टमुन्की अख्तरले सर्वाधिक चार गोल गरिन् । श्रीमोती तृसना रानी र अल्पी अख्तरले ह्याट्रिक गरे ।
यस्तै अरपिता विश्वास अरपिता र मामोनि चक्माले समान एक–एक गोल गरिन् । प्रतियोगिता अन्तरगत १९ गते बंगलादेशले भारत र नेपालले भुटानको सामना गर्नेछ ।





