शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लेखनाथ सहकारी स्थापना दिवसमा दौड

लेखनाथ सहकारी स्थापना दिवसमा दौड


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०८२, आइतबार

पोखरा/पोखरा २६ को अर्घौंचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।

सहकारी-सहकारीकाबीचको एकतालाई जोड दिने उद्देश्यलेशनिबार आयोजितपाँच किलोमिटर खुल्ला महिला÷पुरुष दौड प्रतियोगिताको महिलातर्फ पवित्रा लामिछानेले निर्धारित दूरी २९.१५ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेकी छन् भने आसिका लामिछानेले द्वितीय,पार्वती अधिकारीले तृतीय र माया पौडेल,पवित्रा नेपाली,अंकिता लामिछाने,नारायणी अधिकारी र इन्दु कुमारी सापकोटाले सान्त्वना स्थान हासिल गरेका छन् ।

यसैगरि पुरुषतर्फ नयन बचत तथा ऋण सहकारी सस्थाका नवराज केसीले उत्त दूरी १८ मिनेटमा पार गरी प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने सिलिङ कृषि सहकारीका सुदिन रानाभाट दोस्रो र दिपाङ मत्स्य सहकारीका नारायण लामिछाने तेस्रो एवं र खडानन्द लामिछाने,मिलन परियार,सूर्य थापा क्षेत्री,अर्पण थापाले सान्त्वना स्थान प्राप्त गरेका संस्थाका अध्यक्ष लेखनाथ सपकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->