शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोली सेमिफाइनलमा

प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोली सेमिफाइनलमा

प्लानिङ ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै पाहुना टोली आभाले सेमिफाइनलको यात्रा तय गरेको हो ।


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ५ २०८२, मंगलबार

पोखरा/उज्वेकिस्तानी टोली आभा फुटबल क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्लानिङ ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै पाहुना टोली आभाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलको ५६ औं मिनेटमा युमिदजोन करिलोभले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए ।

जितसंगै आभाले सेमिफाइनलमा जावलाखेलको सामना गर्नेछ । यस्तै प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भोलि आयोजक सहारा क्लब र मनाङ मस्र्याङ्दी भिड्दै छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->